काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा आज (शुक्रबार) अमेरिकासँग खेल्दै छ । यो लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल समेत हो ।
अमेरिकालाई दोस्रो खेलमा पनि पराजित गर्दै नेपाल शृंखलाको अन्त्य गर्ने लक्ष्यमा हुनेछ । हाल नेपाल तालिकाको पाँचौँ स्थानमा छ । नेपालले २७ खेल खेल्दा १० जितसहित २२ अंक जोडेको छ ।
यता, अमेरिका भने पहिलो खेलको बदला लिँदै तालिकामा अंक दुरी बढाउने लक्ष्यमा हुनेछ । तालिकाको शीर्ष स्थानमा रहेको पाहुना टोलीले २७ खेलमा १९ जित र आठ हारसहित ३८ अंक बनाएको छ । समान ३८ अंक बनाएको स्कटल्यान्डलाई रनरेटका आधारमा पछाडि पार्दै अमेरिका शीर्ष स्थानमा उक्लिएको हो ।
आजको खेलमा नेपाललाई पराजित गर्दै स्कटल्यान्डसँग अंक दुरी बढाउने अवसर अमेरिकासँग छ । टोली यसअघि भएको पहिलो खेलमा नेपालसँग नौ विकेटले पराजित भएको थियो । यी दुईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बिहान ९:३० बजे हुनेछ ।





























प्रतिक्रिया