साफ महिला च्याम्पियनसिप : जितको खोजीमा नेपाल

साफ महिला च्याम्पियनसिप : जितको खोजीमा नेपाल

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ । खेलमा दुवै टोली विजयी सुरुआतको खोजिमा छन् । यी दुईले समूह ‘ए’को पहिलो खेल खेल्न लागेको हुन् ।

नेपाल प्रतियोगिताको ६ पटकको उपविजेता हो । नेपालले फाइनलमा अन्तिम समय सम्हालिन नसक्दा सन् २०१०, सन् २०१२, २०१४, २०१९, २०२२ र २०२४ को संस्करणमा उपविजेता बनेको थियो ।

यता, भुटानले भने हालसम्म प्रतियोगितामा सेमिफाइलनभन्दा माथिल्लो नतिजा आत्मसाथ गर्न सकेको छैन । टोलीले सन् २०२२ र २०२४ का संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । साफ च्यम्पियनसिपमा नेपालले हालसम्म भुटानसँग हारको सामना गर्नुपरेको छैन । यी दुईबीच अहिलेसम्म पाँच खेल भएका छन् । जसमा नेपालले चार खेल आफ्नो पक्षमा पार्दा एक खेल बराबरीमा सकिएको छ ।

प्रतियोगितामा नेपालले भुटानविरुद्ध २३ गोल गर्दा एक गोल पनि व्यहोरेको छैन । यी दुईबीचको खेल भारतको गोवास्थित जवहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ ।

Logo