झुक्किनुपर्दैन । "/>

बरफको होटल ? यति सुन्दर छ (फोटोहरु)

बरफको होटल ? यति सुन्दर छ (फोटोहरु)


स्टकहोम, १० पुस ।
यो हो स्विडेनको होटल ल्यापल्यान्ड । हेर्दा अनौठो लाग्यो होला होइन ? कतै हलिउड फिल्मको सेट पो हो कि ?

झुक्किनुपर्दैन । यो होटल नै हो । अचम्म लाग्ने कुरा चाहि के छ भने यो होटल हिउँ वा बरफले बनेको छ । होटलमा राखिएका सबै कुरा बरफले बनेका छन् । यो भवनको संरचना नै बरफवाट बनेको छ । यो होटेलको अचम्म लाग्ने अर्को कुरा पनि छ । त्यो के हो भने, यहाँ रात बिताउनका लागि पर्यटकहरु लामो प्रतिक्षा पछि आउने गरेका छन् ।


होटल हेर्दा त राम्रो देखिन्छ । तर, यहाँको तापमान माइनस पाँचदेखि आठ डिग्री सेल्सियससम्म हुन्छ । यस्तोमा बरफको बेडमा स्लिपिङ म्याट ओछ्याइएको हुन्छ । यो होटलमा ३५ भिआइपी सुइट्स रुम पनि छ । सानदार इन्टेरियरले जो कोहिलाई लोभ्याउँछ । यो विश्वकै चर्चित पर्यटकिय स्थलको हिसाबले निर्माण गरिएको छ । यसका साथै होटलमा पार्टीका लागि आइस सेरोमनी हल र बच्चाका लागि क्रिएटिभ जोन छ । लगभग तीस हजार क्युबिक मिटर बरफको प्रयोग गरेर यो होटलको निर्माण गरिएको हो । एजेन्सी

Logo