काठमाडौं । विश्व नम्बर १ खेलाडी आर्यना सबलेन्काले सोमबार चार पल्टका ग्रान्ड स्लाम विजेता नाओमी ओसाकालाई पराजित गर्दै फ्रेन्च ओपन २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । उत्कृष्ट खेलको नमुना पेस गर्दै सलेन्का ७–५ र ६–३ ले विजयी रहिन् ।
उनी ग्रान्ड स्लाम प्रतियोगिताको अन्तिम आठमा पुगेको यो लगातार १४ औं पल्ट हो । यसपल्टको प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ उनी मात्र ग्रान्ड स्लाम विजेता खेलाडीको चुनौती बाँकी रहेको छ । अबका खेलमा उनले रुसकी डायना सान्डेरको सामना गर्नेछिन् ।
अर्को खेलमा पोलिस क्वालिफायर माजा चवालिन्स्काले आफ्नो सनसनीपूर्ण याक्रालाई कायम राख्ने त्रममा डायना पेरिलाई ६–३ र ६–२ ले पराजित गरेकी छिन् । उनी आफ्नो खेल जीवनको दोस्रो ग्रान्ड स्लाम प्रतियोगिता मात्र खेलिरहेकी छिन् । अब सेमिफाइनल प्रवेशका लागि उनले अना कालिनसाक्याको सामना गर्नेछिन् ।





























प्रतिक्रिया