हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य

हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । एसियन गेम्स छनोटको उपाधिका लागि हङकङले नेपालविरुद्ध चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा आज भएको फाइनल खेलमा हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन जोडेको हो ।

हङकङका लागि मध्यक्रमका ब्याटरहरूले उत्कृष्ट प्रर्दशन गरे। सुरुआती विकेट सस्तैमा गुमाए पनि अंशुमन रथले विस्फोटक ब्याटिङ गर्दै टोलीको इनिङ्स सम्हालेका थिए। उनले मात्र ४५ बलमा ६ चौका र ६ छक्काको मद्दतले सर्वाधिक ८० रनको योगदान दिए।

त्यस्तै, विकेटकिपर ब्याटर शाहिद वासिफले तीव्र गतिमा ब्याटिङ गर्दै २८ बलमा ५५ रन बनाए भने शिव माथुरले २६ रन जोडे।

नेपालका लागि बलिङतर्फ शेर मल्ल सबैभन्दा सफल ब्याट्सम्यान साबित भए। उनले आफ्नो ४ ओभरको स्पेलमा ३२ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए। त्यस्तै, करण केसीले ४ ओभरमा ४५ रन दिएर २ विकेट चट्काए भने सन्दीप लामिछानेले १ विकेट लिए। दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले भने यस खेलमा कुनै विकेट लिन सकेनन्।

Logo