अर्जेन्टिनाको जितमा मेसीको गोल

अर्जेन्टिनाको जितमा मेसीको गोल

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले विश्वकप २०२६ अगाडिको आफ्नो मैत्रीपूर्ण खेलमा बुधबार आइसल्यान्डलाई सजिलै ३–० ले पराजित गरेको छ ।

अलबामाको जोर्डन हारे स्टेडियममा भएको खेलमा लियोनल मेसीले पेनाल्टीबाट ७२ औं मिनेटमा एक गोल गरे ।

त्यस अगाडि अर्जेन्टिनाले पहिलो हाफको आठौं मिनेटमा भ्यालेन्टिन बार्कोको गोलले अग्रता लिएको थियो । त्यसपछि थिएगो आल्मान्डाले ८६ औं मिनेटमा तेस्रो गोल थपे । अर्जेन्टिना प्रतियोगिताको समूह जे मा रहेको छ ।

अर्जेन्टिनाले आफ्नो पहिलो खेल अल्जेरियाविरुद्ध खेल्नेछ । यस समूहका अन्य टिममा अस्ट्रिया र जोर्डन रहेका छन् । आइसल्यान्ड भने यस विश्वकपमा छनोट भएको छैन् ।

Logo