यु- १६ एसिसी क्रिकेट: मलेसियालाई हराउदै नेपाल फाइनल प्रवेश

यु- १६ एसिसी क्रिकेट: मलेसियालाई हराउदै नेपाल फाइनल प्रवेश

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता ।

काठमाडौँ, १ पुष । नेपाल यु- १६ एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको मलेसिया २१ ओभर १ बलमा ५५ रनमा अलआउट भएपछि नेपाल ७२ रनले विजयी भएको हो । 

मलेसियालाई सस्तैमा सिमित गर्न सूर्य तामाङले ४ तथा प्रतिष जिसीले ३ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनाएको हो । नेपालका प्रतिश जिसिले २५, विशाल विक्रम केशीले १५ तृतराज दाशले १३, राज मगर र ऋत गौतमले ११ रन बनाएका छन् ।

नेपालले अब फाइनल खेल सिंगापुरसँग खेल्नेछ ।

Logo