विश्वकप २०२६ : दक्षिण कोरिया विजयी

विश्वकप २०२६ : दक्षिण कोरिया विजयी

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । विश्वकप २०२६ को समूह ए को खेलमा दक्षिण कोरियाले एक गोलले पछाडि रहेको स्थितिबाट शुक्रबार विश्वकप २०२६ मा चेक गणतन्त्रलाई २–१ ले पराजित गरेको छ ।

चेक गणतन्त्रले खेलको ५९ औं मिनेटमा लाडिस्लाभ क्रेज्चीको गोलमार्फत अग्रता लिएको थियो । उनले हेडबाट गोल गरेपछि चेक टिमले खेलमा अप्रत्यासित अग्रता लिएको थियो । तर दक्षिण कोरियाका लागि ६७ औं मिनेटमा ह्वाङ इन बोमले गोल गरेपछि खेल बराबरी भएको थियो ।

खेलको ८० औं मिनेटमा दक्षिण कोरियाका लागि ओह ह्योन ग्युले गोल गरेका छन् र खेलमा अग्रता लिएको छ । त्यसको ठीक अगाडि चेक गणतन्त्रको गोल गरे पनि त्यसले मान्यता पाएको थिएन् र त्यो अफ साइड रहेको थियो ।

Logo