ट्युनेसियालाई हराएर स्विडेन समूह ‘एफ’को शीर्ष स्थानमा

ट्युनेसियालाई हराएर स्विडेन समूह ‘एफ’को शीर्ष स्थानमा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ मा स्विडेनले सोमबार ट्युनेसियालाई ५–१ गोलले सहजै हराएर समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लेको छ । स्टाडियो मोन्टेरीमा भएको खेलमा स्विडेनले ट्युनेसियामाथि सहज जित निकालेको हो । त्यसमा यासिन अयारीले दुई गोल गरे । यो जितपछि स्विडेनको तीन अंक भएको छ ।

यसै समूहका जापान र नेदरल्यान्ड्स एक एक अंकमा छन् । यसअघिको खेलमा उनीहरूले २–२ गोलको बराबरी खेलेका थिए । पराजित ट्युनेसिया भने शून्य अंकमा पुछारमा रह्यो । विजयी टिमका लागि अयारीले पेनाल्टी एरिया बाहिरबाट शक्तिशाली प्रहार गर्दै सातौं मिनेटमा गोल गरेका थिए ।

अलेक्जान्डर इसाकले ३० औं मिनेटमा स्विडेनका लागि दोस्रो गोल थपे । उनले एक्लै बल अगाडि बढाउने क्रममा सुन्दर गोल गरेका हुन् । ट्युनेसिया ४३ औं मिनेट एक गोल फर्काउन सफल रह्यो । ओमन रेकिकले ट्युनेसियाका लाग गोल गरेका हुन् । ट्युनेसियाले बुनेको खेलको पहिलो आक्रमणमै गोल सम्भव भएको हो ।

Logo