फिफा विश्वकप २०२६ : इरान र बेल्जियम बराबरी

फिफा विश्वकप २०२६ : इरान र बेल्जियम बराबरी

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तरगत इरान र बेल्जियमबीच समूह चरणको दोस्रो खेल बराबरीमा टुंगिएको छ । उनीहरूबीचको खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

खेलको पहिलो हाफको २४ औँ मिनेटमा इरानका मेहेदी तोरबीले बेल्जियमको पोस्टमा बल छिराएका थिए । भीएआएर चेकबाट उनको पोजिसन अफसाइड निर्क्यौल भएसँगै त्यसले गोलको मान्यता पाएन ।

त्यसपछि बेल्जियमले पटक-पटक इरानको पोस्टमा बल प्रहार गरेको थियो । बेल्जियमका सबै प्रहारलाई इरानी गोलरक्षक एरिरजा बेरानभान्डले जोगाएका थिए । खेलमा बेल्जियमका नथान एनग्योएले रातो कार्ड पाएका थिए ।

दुवै टोलीले समूह चरणका पहिलो खेल बराबरीमा टुंग्याएका थिए । बेल्जियम र इजिप्ट तथा इरान र न्युजिल्याण्डबीचको खेल बराबरी भएको थियो । रक्षक नाथन एनगोयले ६७ औं मिनेटमा रातो कार्ड पाएपछि बेल्जियम १० खेलाडीमा झरेको छ ।

Logo