रोमाञ्चक ३‍-२ जितसँगै नर्वे नकआउट चरणमा

रोमाञ्चक ३‍-२ जितसँगै नर्वे नकआउट चरणमा

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । इर्लिङ हालान्डको दुई गोलको मदतले नर्वेले फिफा विश्वकप २०२६ मा मंगलबार सेनेगेललाई ३–१ ले पराजित गरेको छ नर्वेले समूह ‘आई’ मा दुई खेलबाट ६ अंक बटुलेको छ । यो जितपछि नर्वे प्रतियोगिताको नकआउट चरणका लागि पनि छनोट भएको छ ।

नर्वे तथा फ्रान्स दुवै समान ६ अंकमा छन् र दुवै अर्को चरण पुग्ने निश्चित भइसकेको छ । अब यिनै दुई टिमबीच हुने लिग चरणको खेलले समूह विजेताको निर्णय गर्नेछ । सेनेगलसँगै इराक शून्य अंकमा यो समूहको पुछारमा छ ।

हालान्डले ४८ र ५८ औं मिनेटमा दुई गोल गरे । यो विश्वकपमा उनले गरेको गोल संख्या चार पुगेको छ । नर्वेका लागि एक गोल भने मार्कस पेडेरेसनको नाममा रह्यो । उनले ४३ औं मिनेटमा गोलको खाता खोलेका हुन् ।

सेनेगलका तर्फबाट इस्माल सारले दुई गोल फर्काए । उनले ५३ र दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेका हुन् । तर टिमलाई जिताउन पर्याप्त भएन ।

Logo