काठमाडाैं । बुधबार अमेरिकाकाे मायामीमा हुने ब्राजिलविरुद्धको खेलमा सकारात्मक नतिजा निकाल्दै स्कटल्यान्ड पहिलो पटक विश्वकपको अन्तिम ३२ मा पुग्ने रणनीतिका साथ प्रशिक्षक स्टिभ क्लार्कको टोली मैदान उत्रँदै छ।
स्कटल्यान्डले यसअघि नै हाइटीलाई १-० ले पराजित गरेर ३ अंक जोडिसकेको छ। हाल तेस्रो स्थानमा रहने उत्कृष्ट टोलीहरूको तालिकामा स्कटल्यान्ड बलियो स्थितिमा छ। डेनिस ल र केनी डाल्ग्लिस जस्ता महान् स्कटिस खेलाडीहरूले समेत कहिल्यै टोलीलाई विश्वकपको समूह चरण पार गराउन सकेका थिएनन्। सन् १९७४ को टोली त अपराजित रहेर पनि समूह चरणबाटै बाहिरिएको थियो। त्यसैले यो खेल स्कटल्यान्डका लागि दशकौँ पुरानो इतिहास बदल्ने अवसर हो।
इतिहास रच्ने सँघारमा हुदाँहुँदै पनि स्कटल्यान्डमा टोलीको ‘अति-रक्षात्मक’ शैलीलाई लिएर आलोचना भइरहेको छ। तथ्याङ्क हेर्ने हो भने गोल गर्ने त परको कुरा, विपक्षीको पोस्टमा सट प्रहार गर्ने र अवसर सिर्जना गर्ने मामिलामा स्कटल्यान्ड यस विश्वकपमा सबैभन्दा तल्लो स्थानमा रहेका टोलीहरूमध्ये पर्दछ।
इतिहास हेर्दा, सन् १९८२ को विश्वकपमा ब्राजिलले स्कटल्यान्डलाई ४-१ ले हराएको खेलबाहेक, यी दुई टोलीबीचका अन्य भिडन्तहरू सधैं निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने गरेका छन्। यदि स्कटल्यान्डले ब्राजिलविरुद्ध १ अंक मात्र खोस्न सक्यो भने पनि त्यो उसको फुटबल इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ।





























प्रतिक्रिया