क्यानडालाई हराएर स्विट्जरल्यान्ड समूह विजेता

क्यानडालाई हराएर स्विट्जरल्यान्ड समूह विजेता

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तरगत स्विट्जरल्यान्डले सहआयोजक क्यानडालाई २–१ ले पराजित गर्दै समूह ‘बी’ को विजेता बनेको छ। यसअघि नै यी दुई टोली नकआउट चरणमा प्रवेश गरिसकेका थिए ।

क्यानडा र बोस्नियाको समान चार अंक भए पनि गोल भिन्नताका आधारमा क्यानडा दोस्रो र बोस्निया तेस्रो स्थानमा रह्यो। कतारलाई ३–१ ले हराउँदै बोस्नियाको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ।

दुवै टोलीले पहिलो हाफमा खासै मौका बनाउन सकेनन् । मध्यान्तरपछि गोलको खाता खोल्न स्विस टोलीलाई ६० सेकेन्ड पनि लागेन । जोहन मान्जाबीको सानदार पासमा रुबेन भार्गसले स्विट्जरल्यान्डबाट गोल गरी घरेलु दर्शकलाई स्तब्ध पारेका थिए । उनै मान्जाम्बीले ५७ औं मिनेटमा दोस्रो गोल थपे ।

प्रोमिस डेबिडले क्यानडाबाट ७६ औं मिनेटमा गोल फर्काएका थिए । त्यसका लागि नाथन सालिबाले उनलाई उत्कृष्ट पास उपलब्ध गराइदिएका थिए । अन्तिम १५ मिनेटमा स्विस पोस्टमा एकोहोरो आक्रमण गरे पनि क्यानडाले थप गोल गर्न सकेन ।

बोस्निया–हर्जगोभिनियाको पनि नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनेको छ । टोलीले अमेरिकाको सियाटलमा भएको खेलमा कतारलाई ३–१ ले पराजित गर्‍यो । स्विट्जरल्यान्ड ७ अकंसहित समूह ‘बी’ को विजेता बन्यो ।

क्यानडा र बोस्नियाको समान चार अंक भए पनि गोल भिन्नताका आधारमा क्यानडा दोस्रो भयो । समूहको तेस्रो स्थानमा रहेकाले बोस्नियाको पनि अन्तिम ३२ मा पुग्ने सम्भावना बलियो भएको छ

सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहको शीर्ष दुई टोली सोझै नकआउट चरणमा प्रवेश गर्नेछन् । त्यस्तै १२ समूहका तेस्रो हुने टोलीमा शीर्ष अंक बटुल्ने ८ टोली पनि अर्को चरणमा प्रवेश पाउने प्रावधान रहेको छ ।

Logo