काठमाडौँ, २०, मंसिर
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम तथा सातौं चरणको पहिलो खेलमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (युएई) को सामना गर्दैछ । नेपाल र युएईबीचको खेल शिख जायद क्रिकेट रंगशालामा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । घरेलु टोली युएईसँग २ खेल खेल्ने नेपाली क्रिकेट टोली गत बुधबार नै युएई पुगिसकेको छ । यस्तै नेपाली टोलीले त्यहाँ दुई अभ्यास खेल समेत खेलेको छ । केन्या र अमेरिका विरुद्धको दुई अभ्यास खेल नेपालले जितेको थियो । त्यसपछि नेपालले शुक्रबार घरेलु टोली विरुद्ध दोस्रो खेल खेल्नेछ । अब नेपाल र युएईले डिभिजन टु बाट विश्वकप छनोटमा पुग्ने मौका भने पाउनेछन । डिभिजन टु को शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने प्रावधान रहेको छ । डिभिजन टु सन् २०१८ को फेब्रुअरीमा नामिबियामा हुनेछ ।





























प्रतिक्रिया