विश्वकप इतिहासका १० खराब प्रदर्शन

विश्वकप इतिहासका १० खराब प्रदर्शन

केन्द्रबिन्दु
33
Shares

लस एन्जलस । ट्युनिसियाको विश्वकप २०२६ मा खराब प्रदर्शनको क्रम टुंगिएको छ। समूह ‘एफ’ को लिग चरणको अन्तिम खेलमा ट्युनिसिया नेदरल्यान्ड्सको हातबाट ३–१ ले पराजित रह्यो। तीन खेलबाट उसले एकै अंक पनि बटुल्न सकेन। बरू उल्टै ‘माइनस’ १० गोलको अन्तरमा रह्यो।

यसलाई विश्वकप इतिहासमै एक खराब प्रदर्शनका रूपमा मानिनेछ। ट्युनिसिया आफ्नो पहिलो खेलमा स्विडेनसँग ५–१ ले पराजित रह्यो। लगत्तै अर्को खेलमा जापानले ट्युनिसियालाई ४–० ले हरायो। पहिलो खेल लगत्तै ट्युनिसियाले आफ्ना प्रशिक्षक साब्री लामोचीलाई बर्खास्त गरेको थियो।

त्यसपछि प्रशिक्षकको भूमिकामा आए, हार्भे रोनार्ड। उनले पनि टिमको भाग्य परिवर्तन गर्न सकेनन। विश्वकप जित र सफलताको कथा मात्र होइन। यो त हार र असफलताको कथा पनि हो। विश्वकपमा अहिलेसम्मकै खराब प्रदर्शन कुन–कुन हुन् त? यसैलाई अब पछाडि हेर्दै छौं, ट्युनिसियाको जस्तै खराब प्रदर्शन गरेका ९ टिम।

उत्तर कोरिया (सन् २०१०)

उत्तर कोरियाको सुरुआत धेरै हदसम्म राम्रो रह्यो भन्दा हुन्छ। समूह ‘जी’ को पहिलो खेलमा उत्तर कोरियालाई ब्राजिलले २–१ ले हराएको थियो। त्यसपछि क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले उसलाई ७–० ले हरायो। लगत्तै खेलमा आइभोरी कोस्टसँग पनि उत्तर कोरिया ३–० ले पराजित रह्यो।

साउदी अरेबिया (सन् २००२)

साउदी अरेबियाको सुरुआत त्यस्तो रह्यो, जस्तो कसैले पनि चिताउन सक्दैन । आफ्नो पहिलो खेलमै जर्मनीले साउदीलाई ८–० ले हरायो। त्यसमा मिरोस्लाभ क्लोजले ह्याट्रिक गरेका थिए। यही खेलमा त हो उनले विश्वकपमा गोलको खाता खोलेको। त्यसपछि साउदी अरेबिया क्यामरुनसँग १–० र गणतान्त्रिक आयरल्यान्डसँग ३–० ले हार्‍यो।

ग्रिस (सन् २००४)

ग्रिसले त लिग चरणका तीन खेलमा एकै गोल गर्न सकेन र खाली विपक्षी टिमबाट गोल मात्र खायो। अर्जेन्टिना र बुल्गेरियाविरुद्धका सुरुआती दुई खेलमा ग्रिस समान ४–० ले पराजित भयो। त्यसपछि अन्त्तिम खेलमा पनि नाइजेरियासँग २–० ले खेल गुमायो। उल्लेखनीय एउटा तथ्य के भने नाइजेरियाले नै यो समूह जितेको थियो।

एल साल्भाडोर (सन् १९८२)

एल साल्भाडोरको नाममा विश्वकपकै सर्वाधिक हारको कीर्तिमान छ। आफ्नो पहिलो खेलमै एल साल्भाडोर हंगेरीसँग १०–१ ले पराजित भयो। यो नै विश्वकपमा अहिलेसम्मको सबैभन्दा ठूलो हारको अन्तर रहेको छ। त्यसपछि यही टिम बेल्जियम र अर्जेन्टिनासँग पनि पराजित रह्यो। संयोगले हंगेरी पनि यो समूहबाट अर्को चरण पुग्न भने सकेन।

न्युजिल्यान्ड (सन् १९८२)

न्युजिल्यान्डले विश्वकपमा डेब्यु गरेको यही बेला हो। टोलीको यो यात्रा वास्तवमै बिर्सनलायक रह्यो। न्युजिल्यान्डले आफ्नो पहिलो खेल स्कटल्यान्डसँग ५–२ ले गुमाएको थियो । त्यसपछि न्युजिल्यान्ड तत्कालीन सोभियत संघसँग ३–० र ब्राजिलसँग ५–० ले नराम्रोसँग पराजित भयो।

मेक्सिको (सन् १९७८)

यो खराब प्रदर्शन सूचीमा सबैभन्दा अनपेक्षित नाम यही मेक्सिकोको रहेको छ। सुरुमै मेक्सिको ट्युनिसियासँग ३–१ ले हारेको थियो। त्यसपछि खेलको नतिजा झन स्वीकार्य थिएन। मेक्सिकोमाथि तत्कालीन पश्चिम जर्मनीले ६–० र पोल्यान्डले ३–१ को जित दर्ता गरेको थियो।

जायर (सन् १९७४)

त्यतिबेला डीआर कंगोको नाम थियो, जायर। टोलीका लागि विश्वकपको त्यो अनुभव मीठो रहेन। पहिलो खेलमै जायर तत्कालीन युगोस्लाभाकियासँग असाध्यै नराम्रो ढंगले ९–० ले पराजित भयो। त्यसपछिका खेलमा टोलीले आत्मसात् गरेको नतिजा हो, स्कटल्यान्डसँग २–० र ब्राजिलसँग २–० हारको।

हाइटी (सन् १९७४)

डीआर कंगोले जस्तै हाइटीले पनि ५२ वर्षअगाडि विश्वकप खेलेको थियो। तर कंगोका लागि पनि प्रदर्शन सुखद रहन सकेन। टोलीले पनि उत्तिकै १४ गोल खाएको थियो र प्रदर्शन बिर्सनलायक नै रह्यो। त्यसमा इटालीसँग ३–१, पोल्यान्डसँग ७–० र अर्जेन्टिनासँग ४–१ को हार रहेको छ।

दक्षिण कोरिया (सन् १९५४)

विश्वकपमा सबैभन्दा खराब प्रदर्शनको कीर्तिमान अचम्मले दक्षिण कोरियाको नाममा छ। यसमा अहिलेको एसियाली शक्तिलाई पटक्कै रूचि रहने छैन। आफ्नो पहिलो विश्वकप खेलमै दक्षिण कोरिया हंगेरीसँग ९–० ले हारेको थियो। त्यसपछि दोस्रो खेलमा टर्कीको हातबाट ७–० ले पराजित रह्यो। त्यतिबेला तीन टिमको समूह थियो। एएफपीबाट

Logo