स्पेनसँगै केप भार्डे नकआउट चरणमा

स्पेनसँगै केप भार्डे नकआउट चरणमा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ मा स्पेनले उरुग्वेलाई शनिबार १–० ले पराजित गरेसँगै समूह ‘एच’ को विजेता बनेको छ । उसको सात अंक भएको छ । स्पेनसँगै विश्वकपमा डेब्यु गरिरहेको केप भार्डे पनि अन्तिम ३२ को चरणमा प्रवेश गरेको छ ।

अर्को खेलमा केप भार्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्यो र यो नतिजा उसलाई अर्को चरण पुग्न पर्याप्त रह्यो । उरुग्वे भने दुई अंकमै सीमित रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

साउदी अरेबिया पनि दुई अंकमै सीमित रह्यो । स्टाडियो ग्वाडालाराजामा भएको खेलमा स्पेनका लागि एक गोल मात्र एलेक्स बाएनाले ४२ औं मिनेटमा गरे । उपाधिको बलियो दावेदार मानिएको स्पेनले थप आक्रमण बुने पनि गोल भने निकाल्न सकेन ।

उरुग्वेका लागि भने निराशाजनक रूपमा यस विश्वकपको यात्रा सकिएको छ । यसको ठीक विपरीत केप भार्डेले लगातार तीन खेल बराबरी खेलेर अर्को चरण प्रवेश गर्‍यो र यो उसका लागि ऐतिहासिक प्रदर्शन रह्यो । खेलको अन्त्यमा उरुग्वे दस खेलाडीमा सीमित रहेको थियो । अगस्टिन कानोबिओ इन्ज्युी समयमा रातो कार्ड पाएर मैदान छाड्न बाध्य भएका थिए ।

Logo