पोर्चुगलका प्रशिक्षक मार्टिनेज भन्छन् – जस्तोसुकै विपक्षी हराउन सक्नुपर्छ

पोर्चुगलका प्रशिक्षक मार्टिनेज भन्छन् – जस्तोसुकै विपक्षी हराउन सक्नुपर्छ

केन्द्रबिन्दु
21
Shares

न्युयोर्क । रोबर्टो मार्टिनेज जतिबेला युवा प्रशिक्षक थिए, उनका लागि विश्वकपमा समूह विजेता बन्नु सबथोक थियो। त्यसैले उनले समूहमा पहिलो हुन सबैखाले दाउचेप लगाउँथे। अहिले तिनै मार्टिनेज भन्छन्, ‘जतिबेला प्रशिक्षक अनुभवी हुन्छ, त्यतिबेला प्रशिक्षकले सबथोक गर्न योजना बनाउने गर्छ।’

उनी पोर्चुगलको प्रशिक्षकका रूपमा तेस्रो विश्वकपमा सहभागिता जनाएका छन्। अब उनलाई के अनुभव हुन थालेको छ भने बनाइएका योजना जति सफल हुनुपर्छ भन्ने पनि छैन। फेरि यस्तो भन्ने उनी एक्ला होइनन्। नर्वेका स्टाल सोलबाकेनले शुक्रबार समूह ‘ई’ को खेलमा आफ्ना केही प्रमुख खेलाडीलाई आराम दिनु नै ठीक माने। यसको अर्थ उनी सक्दो बढी आफ्ना खेलाडीलाई सम्भावित चोटबाट जोगाउन चाहन्छन्। त्यसैले फ्रान्सको सामना गर्दा नर्वेले जितलाई नै सबथोक मानेन। नत्र टोलीसामु विश्वकपकै उपाधिका लागि बलियो प्रत्याशीलाई हराउने सम्भावना थियो।

फ्रान्सविरुद्ध इर्लिङ हालान्ड सुरुआती खेलाडीको सूचीमा थिएनन्। अन्य ९ खेलाडीले पनि पहिलोपल्ट सुरुदेखि खेल्ने अवसर पाए। त्यसैले त नर्वे फ्रान्सको हातबाट ४–१ ले पराजित रह्यो, तर यसमा प्रशिक्षकलाई कुनै अपसोच रहेन।

अब नर्वेको एकमात्र ध्यान मंगलबार आइभोरी कोस्टविरुद्ध हुने अन्तिम ३२ को खेलमा छ। सोलबाकेन भन्छन्, ‘पछिल्लो र यो खेलबीच हामीले धेरै कम समयको आराम पायौं। फेरि अबको केही दिनमै नकआउट चरणको खेल खेल्नुपर्नेछ। त्यसैले प्रमुख खेलाडीलाई आराम दिने रणनीति लिँदा कुनै आश्चर्य मान्नुपर्ने छैन।’

सबैको माग त हालान्डको खेल हेर्ने नै थियो। तर, नर्वेका लागि यो कुनै मूल मुद्दा नै रहेन। प्रशिक्षक थप्छन्, ‘हाम्रो उद्देश्य त यस विश्वकपमा सक्दो लामो यात्रा तय गर्ने हो। हाम्रो ध्यान यसैमा मात्र केन्द्रित छ।’

यो हारको अर्थ अब टेक्सासमा हुने खेलमा नर्वेले आइभोरी कोस्टको सामना गर्नेछ। त्यसपछि यसको विजेताको बाटोमा प्रतिद्वन्द्वी बनेर आउने छ ब्राजिल र जापानबीच हुने अर्को अन्तिम ३२ खेलको विजेता टिम। अहिलेसम्म अपराजित फ्रान्सले भने अबको खेलमा स्विडेनको सामना गर्नेछ। त्यसपछिको बाटोमा हुनेछ, सम्भवतः जर्मनी।

प्रशिक्षक सोलबाकेनका अनुसार फ्रान्सविरुद्धको खेलपछि नर्वेका प्रमुख खेलाडीले एक दिनको भए पनि बढी आराम पाएको छ। मिडफिल्डर प्याट्रिक बर्ग भन्छन्, ‘यो त चलाखीपूर्ण रणनीति नै हो। केही प्रमुख खेलाडीलाई आराम दिनुको अर्थ अरूलाई ठूलो टिमविरुद्ध आफ्नो खेल देखाउने मौका पनि त हो।’

फ्रान्सले उतारेको टिम भने लगभग अपेक्षाअनुसार नै थियो। फ्रान्सका सहायक प्रशिक्षक गाय स्टेफान पनि नर्वेली टिमको रणनीतिमा कुनै आश्चर्य नभएको मान्छन्। सन् २०१८ र २०२२ को विश्वकपमा बेल्जियमका प्रशिक्षक रहेका मार्टिनेज चाहन्छन्, समूह ‘के’ को अन्तिम खेलमा पोर्चुगलले कोलम्बियालाई पराजित गरोस् तर पोर्चुगल आफैंले कसरी रणनीति बनाउने छ, त्यसबारे अनुमान गर्न सकिन्न।

पोर्चुगलले अन्तिम ३२ मा खेल्ने लगभग निश्चित भइसकेको छ। मार्टिनेज भन्छन्, ‘सबै खेल जित्नुको फाइदा पनि छ, किनभने यसले खेलाडीबीच सकारात्मक भावना कायम रहन्छ। विश्वकप जस्तो प्रतियोगिता जित्नु छ भने जस्तोसुकै विपक्षी टिमलाई पनि हराउन सक्नुपर्छ,।’ कोलम्बियाका प्रशिक्षक नेस्टर लारेन्ज भने कुनै पनि प्रकारको जोखिम उठाउने पक्षमा छैनन्।

Logo