काठमाडौं । अल्ट्रा रनर रसिला तामाङ दुई महिनाको प्रशिक्षणका लागि आइतबार स्विट्जरल्यान्ड प्रस्थान गरेकी छन् । एसिया ट्रायल मास्टर्स महिला च्याम्पियन्सिपमा विजेता बनेर इतिहास बनाएकी रसिलाले दुई महिनाको बसाइमा त्यहाँको ग्राचेन र फ्रान्सको ला ग्रेभमा प्रशिक्षण लिनेछिन् ।
स्विट्जरल्यान्ड र फ्रान्समा हुने तीन अल्ट्रा रेस प्रतियोगितामा पनि उनी सहभागी हुनेछिन् । रसिला एसिया ट्रायल मास्टर्स जित्ने नेपालकी पहिलो अल्ट्रा धाविका र पर्वतारोहीसमेत हुन् । उनले यालुङ रि पिक (५६३० मिटर), छुलु फार इस्ट (६०४५ मिटर), पोकाल्डे पिक (५८०६ मिटर), लोबुचे इस्ट (६११९ मिटर) र आइल्यान्ड पिक (६१६५ मिटर) को सफल आरोहण गरेकी छन् ।






























प्रतिक्रिया