फिफा विश्वकप २०२६ : इन्जुरी टाइमको गोलले क्यानडा अन्तिम १६ मा

फिफा विश्वकप २०२६ : इन्जुरी टाइमको गोलले क्यानडा अन्तिम १६ मा

केन्द्रबिन्दु
39
Shares

लस एन्जलस । सहआयोजक क्यानडा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । क्यानडाले सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको अन्तिम ३२ को पहिलो खेलमा दक्षिण अफ्रिकालाई १–० गोलले पराजित गर्‍यो ।

स्टेफन इस्टाकुइओले इन्जुरी टाइमको दोस्रो मिनेटमा निर्णायक गोल गरे । उनले पेनाल्टी बक्सबाट गरेको प्रहार कुना च्याप्दै गोल भएको थियो । क्यानडाले अन्तिम १६ मा नेदरल्यान्ड्स र मोरक्को बीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

क्यानडा र दक्षिण अफ्रिका दुवै टोली नकआउट चरणमा पहिलो पटक प्रतिस्पर्धा गरिरहेका थिए । क्यानडाले समूह चरणको तीनै खेल घरेलु मैदानमा खेली नकआउट चरणका लागि अमेरिकामा आएको थियो । अब अमेरिकाको ह्युस्टनमा गएर अर्को खेल खेल्ने छ ।

अमेरिकी प्रशिक्षक जेसी मार्श आएयता क्यानडाले ठूलो परिवर्तन गरेको छ । इस्टाकुइओले गोल प्रहार गरेपछि उनी त्यसको खुसीमा मैदानमै प्रवेश गरेर खेलाडीहरुसँग उत्साहित भइ अंकमाल गरेका थिए ।

Logo