विश्वकप फुटवलले चर्चामा ‘मर्लिन’ हाँस, भिडियो भाइरल

विश्वकप फुटवलले चर्चामा ‘मर्लिन’ हाँस, भिडियो भाइरल

केन्द्रबिन्दु
9
Shares

एजेन्सी । फिफा विश्वकप फुटवल प्रतियोगिताका लागि एक घरपालुवा हाँस मेक्सिकोको ‘राजदूत’ बनेको छ। ‘मर्लिन’ नामक घरपालुवा हाँस फिफा विश्वकपको लागि मेक्सिकोको राजदूत बनेको हो ।

दुई वर्षको हाँस मेक्सिकन टोलीको जर्सी र मोजा लगाएर मेक्सिको सिटीका सडकहरूमा हिंडिरहेको भिडियोहरू सार्वजनिक भएपछि भाइरल समेत बनिरहेको छ ।

विश्वकपका कारण फुटबलका सबैभन्दा चर्चित खेलाडीहरू फेरि अन्तर्राष्ट्रिय चर्चाको केन्द्रमा रहेकाबेला मर्लिन पनि चर्चामा आएको हो । आफ्नो शरीरमा ठ्याक्कै मिल्ने सानो टिम मेक्सिकोको जर्सी र मेक्सिको सिटीस्थित आफ्नो घर वरिपरि आत्मविश्वासका साथ हिँड्ने शैलीका कारण हासले चर्चा बटुलेको हो ।

विश्वकपमा मेक्सिकोले आफ्नो पहिलो खेल जितेपछि उत्सव मनाइरहेको अवस्थामा मर्लिन पहिलो पटक देखिएको थियो । सोहीबेला भिडियो भाइरल भएपछि हाँस एकाएक इन्टरनेट स्टार बनेको हो । -(भिडियो सीसीटीभीप्लस)

Logo