फिफा विश्वकप २०२६ : मोरक्कोलाई पन्छाउँदै फ्रान्स सेमिफाइनलमा

फिफा विश्वकप २०२६ : मोरक्कोलाई पन्छाउँदै फ्रान्स सेमिफाइनलमा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । किलियन एमबाप्पे र ओसमन डेम्बलेले ६ मिनेटको अन्तरमा गोल गरेपछि फ्रान्स विश्वकप फुटबल २०२६ को सेमिफाइनलमा पुगेको छ । फ्रान्सले शुक्रबार बिहान भएको खेलमा मोरक्कोलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

डिडियर डेस्याम्प्सको टोली लगातार तेस्रो पटक फाइनलमा प्रवेश गर्ने लक्ष्यमा छ । २०१८ मा रुसमा विश्वकप उपाधि जितेको फ्रान्स २०२२ मा कतारमा भने फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । फ्रान्सले सेमिफाइनलमा स्पेन र बेल्जियम बीचको क्वाटरफाइनल विजेतासँग खेल्ने छ ।

जिलेट रंगशालामा पेनाल्टीमा गोल गर्ने अवसर चुकाउने सूचीमा एमबाप्पले पनि आफ्नो नाममा लेखाए । उनले २६ औं मिनेटमा गरेको पेनाल्टी प्रहारलाई मोरक्कोका गोलरक्षक बोनोले रोकेका थिए । अर्जेन्टिनाका स्टार लियोनेल मेसीले पनि यस विश्वकपमा २ पेनाल्टी अवसरमा गोल गर्न चुकेका छन् ।

एमबाप्पले दोस्रो हाफमा उत्कृष्ट गोल गर्दै फ्रान्सको गोलको खडेरीलाई चिरेका थिए । उनले ६० औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट टप कर्नरमा गोल गर्दै फ्रान्सको गोलको खाता खोलेका थिए । प्रतियोगितामा यो उनको आठौं गोल हो । उनी मेसीसँगै सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा रहेका छन् ।

त्यसको ६ मिनेटपछि डेम्बलेले फ्रान्सबाट दोस्रो गोल गरे । एमबाप्पेले अगाडि बढाइदिएको बलमा डेम्बलेले पेनाल्टी बक्स बाहिरबाट गोलको दिशा देखाएका थिए । डेम्बलेले प्रतियोगितामा पाँचौं गोल गरेका हुन् भने एमबाप्पेको यो तेस्रो असिस्ट हो ।

मोरक्को सन् १९५६ मा फ्रान्सकै उपनिवेशबाट स्वतन्त्र भएको थियो र फ्रान्ससँगै २०२२ को विश्वकप सेमिफाइनलमा पराजित भएको थियो । फ्रान्ससँगै पराजित हुनुअघि विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोलीको कीर्तिमान मोरक्कोले बनाएको थियो ।

Logo