स्वीजरल्यान्ड एम्बोलोलाई दिइएको गेमचेन्जर रातो कार्ड

स्वीजरल्यान्ड एम्बोलोलाई दिइएको गेमचेन्जर रातो कार्ड

केन्द्रबिन्दु
192
Shares

काठमाडौं। स्विट्जरल्यान्डका फरवार्ड ब्रिल एम्बोलो फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा अर्जेन्टिनाविरुद्ध रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।

क्यान्सस सिटीमा भएको खेलको ७२औँ मिनेटमा एम्बोलोले पेनाल्टी क्षेत्र नजिक डाइभ गरेको ठहर भएपछि रेफ्रीले उनलाई दोस्रो पहेँलो कार्ड देखाएका थिए। यसअघि नै एक पहेँलो कार्ड पाइसकेका कारण उनी रातो कार्डसहित मैदान छाड्न बाध्य भए।

पोर्चुगलका रेफ्री जाओ पिन्हेइरोले सुरुमा अर्जेन्टिनाका मिडफिल्डर लियान्ड्रो पारेडेसले एम्बोलोलाई फउल गरेको ठहर गर्दै पारेडेसलाई पहेँलो कार्ड दिएका थिए। तर, भिडियो अस्टिेन्ट रेफ्री (भीएआर)को सुझावपछि पिन्हेइरोले मैदानछेउको मोनिटरमा घटना पुनः अवलोकन गरे। रिप्लेमा पारेडेससँग कुनै सम्पर्क हुनुअघि नै एम्बोलो आफैं लडेको देखिएपछि रेफ्रीले आफ्नो निर्णय परिवर्तन गरे।

त्यसपछि पारेडेसलाई देखाइएको पहेँलो कार्ड रद्द गर्दै एम्बोलोलाई नै पहेँलो कार्ड देखाइयो। ४४औँ मिनेटमै पारेडेसमाथि खतरनाक फउल गरेपछि पहेँलो कार्ड पाइसकेका २९ वर्षीय एम्बोलोका लागि यो दोस्रो पहेँलो बनेको थियो, जसका कारण उनी रातो कार्डसहित खेलबाट बाहिरिए।

एम्बोलोको बहिर्गमनसँगै स्विट्जरल्यान्ड बाँकी समय १० खेलाडीमा सीमित भएको थियो। यस खेलमा स्विट्जरल्यान्ड १–३ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो। साविक विजेता अर्जेन्टिनाले भने अब सेमिफाइनलमा इङ्ल्यान्डसँग खेल्नेछ।

Logo