काठमाडौ। यानिक सिनरले शनिबार विम्बल्डन उपाधिको सफतापूर्वक रक्षा गर्ने क्रममा आइतबार एलेक्जान्डर जेभेरेभलाई चार सेटमा पराजित गरेका छन् ।
विश्व नम्बर १ खेलाडीले पहिलो सेट गुमाएयता खेलमाथि पूर्णतः प्रभुत्व जमाए र ६–७, ७–६, ६–३ र ६–४ को जित निकाले । सर्भिस हाबी रहेको खेलमा फ्रेन्च ओपन च्याम्पियन जेभेरेभले अन्तिम दुई सेट सजिलै गुमाएको थियो । पूरा खेल अवधिमा उनले एकै पल्ट मात्र सर्भिस ब्रेक गर्न सके । सिनरले जितेको यो आफ्नो खेल जीवनको पाँचौं ग्रान्ड स्लाम उपाधि हो ।
उनले एक वर्ष अगाडि यही उपाधि जितेयता अल इंग्ल्यान्ड क्लबमा अहिलेको सफला हात पारेका हुन् । विम्बल्डनमा जेभेरेभको यो नै अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन रहेको छ । यसअघि उनी कुनै पनि अवसरमा क्वाटरफाइनलसम्म पनि पुगेका थिएनन् ।






























