स्पेन बन्यो फिफा विश्वकप फुटबलको च्याम्पियन

स्पेन बन्यो फिफा विश्वकप फुटबलको च्याम्पियन

केन्द्रबिन्दु
24
Shares

न्यु जर्सी । स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि जितेको छ । अतिरिक्त समयमा गरेको गोलमा स्पेनले न्यु जर्सीको मेटलाइफ रंगशालामा सोमबार बिहान भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई १–० गोलले पराजित गरेको हो ।

स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो । तर निर्धारित ९० मिनेटमा कुनै गोल हुन सकेन । अतिरिक्त समयमा धकेलिएको खेलको पहिलो हाफमा पनि कुनै गोल हुन सकेन । तर फेर्रान टोरेजले १ सय ६ मिनेटमा गरेको गोलमा स्पेनले उपाधि जितेको हो ।

निको विलियम्सले दिएको पासमा वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका उनले गोल गरेका थिए । स्पेनले यसअघि २०१० मा दक्षिण अफ्रिकामा पहिलोपटक विश्वकप जितेको थियो ।

दोस्रो हाफको इन्जुरी टाइममा इन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । ब्राजिलका काफुपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले ३ विश्वकप फाइनल खेल्ने कीर्तिमान बनाए । तर उनले फाइनलमा कुनै जादु देखाउन सकेनन् । उनी अधिकांश समय स्पेनको मिडफिल्डको घेराभित्रै रहे ।

यसअघि १९७८, १९८६ र २०२२ को पछिल्लो संस्करणमा विश्वकप जितेको अर्जेन्टिनाले फाइनलमा भोगेको यो चौथो पराजय हो । २०२२ को कतारमा भएको पछिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरी उपाधि जितेको थियो ।

Logo