काठमाडौं । स्पेनका गोलकिपर उनाइ सिमोनले फिफा विश्वकप २०२६ संस्करणमा गोल्डेन ग्लोभ प्राप्त गरेका छन् । विश्वकपका आठ खेलमा स्पेनले जम्मा एक गोल मात्रै खायो । बेल्जियमविरुद्धको खेलमा मात्रै उसले गोल खाएको हो ।
सन् १९९४ को विश्वकपदेखि उत्कृष्ट गोलकिपरलाई गोल्डेन ग्लोभ प्रदान गरिन थालिएको हो । यसअघि १९९४ मामिशेल प्रुडहोम (बेल्जियम), १९९८ मा फेबियन बार्थेज (फ्रान्स) २००२ मा ओलिभर कान (जर्मनी) २००६ मा जियानलुइगी बुफोन (इटाली) २०१० मा इकर कासिलास (स्पेन), २०१४ म्यानुएल नोयर (जर्मनी), २०१८ मा थिबाउट कोर्टुबा (बेल्जियम) र २०२२ मा एमिलियानो मार्टिनेज (अर्जेन्टिना) ले यो अवार्ड प्राप्त गरेका थिए ।































