पेट्रोलभन्दा ८ गुणा महङ्गो पानी पिउँछन् विराट कोहली

पेट्रोलभन्दा ८ गुणा महङ्गो पानी पिउँछन् विराट कोहली

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली/एजेन्सी : भारतका थुप्रै राज्यमा पानीको हाहाकार छ । दूषित पानी सेवन गरेका कारण जनताहरु विभिन्न रोगबाट ग्रसित छन् । तर त्यही देशका क्रिकेट कप्तान विदेशबाट झिकाइएको पानी पिउँछन् भन्ने सुन्दा तपाईलाई आश्चर्य लाग्ला ।
हो देशका थुप्रै गरिब, भोका र विपन्न युवा तथा बालबालिकाका आदर्श मानिएका कोहली विदेशबाट किनेर पानी पिउँछन् । उनी जहाँ जाँदा पनि पानीको बोतलसँगै लिएर जान्छन् ।
उनले इभियन ब्रान्डको पानी किन्ने गरेका छन् । यो पानी फ्रान्सबाट भारतमा आयात हुन्छ । जसको मुल्य १ लिटरको ६ सय भारु पर्छ । यति मुल्यमा भारतमा ८ लिटर पेट्रोल किन्न पाइन्छ ।
कुनै समय जंक फुड र मटन मन पराउने कोहली अहिले डाइटमा पोट्रिन मात्रै लिन्छन् । कार्बोहाइड्रेटयुक्त खाना उनी खाँदैनन् । उनले खानमा साल्मन फिस मात्रै लिने गरेका छन् ।
सन् २०१३ सम्म कोहली मज्जाले रक्सी सेवन गर्थे । तर उनको रक्सीको असर आँखामा देखिन थालेपछि शरिरमा देखिन थालेपछि उनले फिटनेशमा विशेष ध्यान दिने गरेका छन् ।
उनी विश्वकै सर्वाधिक गर्ने आम्दानी गर्ने क्रिकेटर हुन् ।

Skip This
Skip This
Logo