कोलम्बियाका स्टार फुटबल जेम्स रोड्रिग्बेज जर्मन क्लब बार्यन म्युनिखमा आबद्ध भएका छन् । उनी रियल म्याड्रिडबाट दुई वर्षे ऋण सम्झौतामा बार्यन गएका हुन् ।
यसअघि सन् २०१४ मा उनी ७१ मिलियन युरोमा रियल म्याड्रिडमा आबद्ध भएका थिए । तर गत सिजन उनलाई जिनेदिन जिदानले निकै कम समय मात्रै अवसर दिए ।
मंगलबार मात्रै रोड्रिग्वेजको बार्यनसँगको दुई वर्षे ऋण सम्झौता पूरा भयो । यसअघि म्यानचेस्टर युनाइटेड र चेल्सीले पनि उनलाई किन्न खोजेका थिए ।
म्युनिख गएपछि निकै खुसी देखिएका रोड्रिग्वेजले ३ वर्षे म्याड्रिड बसाई सुखद रहेको प्रतिक्रिया दिएका छन् । उनले म्याड्रिडका समर्थकहरुले दिएको माया र स्नेहप्रति धन्यवाद भनेका छन् ।
म्युनिखका अध्यक्ष कार्ल हेइनजले प्रशिक्षक कार्लो एन्सिलोट्टीको प्रमुख योजना नै रोड्रिग्वेजलाई क्लबमा ल्याउने गरेको बताए ।
‘जेम्सलाई क्लबमा ल्याउने कार्लो एन्सिलोट्टीको चाहना पूरा भएको छ,’ अध्यक्ष हेइनजले भने ।































प्रतिक्रिया