एन्जेलो माथियुसले दिए श्रीलंकाको कप्तानबाट राजिनामा

एन्जेलो माथियुसले दिए श्रीलंकाको कप्तानबाट राजिनामा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । २७ असार, काठमाडौ‌ । 

जिम्बाबे विरुद्धको हारपछि श्रीलंकाका कप्तान एन्जेलो माथियुसले टी–२०, एकदिवसिय र टेस्ट क्रिकेटबाट कप्तानी त्यागेका छन् । एक दिवसिय क्रिकेटमा जिम्बाबेले श्रीलंकालाई ३–२ ले हराएपछि माथियुसको राजिनामा आएको हो ।

माथियुसले २५ वर्षको उमेरमै २०१३ मा कप्तानी लिएका थिए । उनको कप्तानीमा श्रीलंकाले ३४ टेस्ट, ९८ एकदिवसिय र १२ टी–२० खेल खेलेको छ । तर पछिल्लो समय श्रीलंकाको प्रदर्शन राम्रो छैन् ।

श्रीलंकाले २०१५ को विश्वकप, २०१६ को टी–२० विश्वकप र २०१७ को च्याम्पियन्स ट्रफीमा राम्रो खेल्न सकेन ।

टेस्ट क्रिकेटमा पनि श्रीलंकाले राम्रो खेल्न सकेको छैन् । पछिल्लो समय न्युजिल्यान्ड तथा दक्षिण अफ्रिकाले श्रीलंकालाई व्हाइटवास गरेका थिए । माथियुसको कप्तानीमा श्रीलंकाले १३ टेस्ट जितेको छ भने १५ टेस्ट हारेको छ ।

अलराउन्डर माथियुसले सन् २०१४ मा जस्तो खेल त्यसपछिका वर्षमा देखाउन सकेका छैनन् । त्यस वर्ष उनले ८७ दशमलव ८ को औसतमा १३ सय १७ रन बनाएका थिए ।

तर त्यसपछि उनको प्रदर्शन खस्किएको छ । उनले अहिले ५० दशलमव ९४ को औसतमा ब्याटिङ गरिरहेका छन् । बलिङतर्फ पछिल्लो समय उनले टेस्ट क्रिकेटमा जस्तो प्रदर्शन सिमित ओभरको क्रिकेटमा गर्न सकेका छैनन् ।

Skip This
Skip This
Logo