पुष्पलाल स्मृति ब्याडमिन्टनमा सेनाको वर्चस्व, तामाङ दिदी भाइद्वारा उपाधि रक्षा

पुष्पलाल स्मृति ब्याडमिन्टनमा सेनाको वर्चस्व, तामाङ दिदी भाइद्वारा उपाधि रक्षा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २७ असार ।

राजधानीमा मंगलबार सम्पन्न योनेक्स सनराइज छैटौं पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपाली सेनाले आफ्नो वर्चस्व कायम गरेको छ ।

प्रतियोगितामा सञ्चालित ९ विधा मध्ये ७ विधामा जित हात पार्दै सेनाले ब्याडमिन्टनमा आफ्नो बर्चस्व कायम गरेको हो । यसका साथै नङ्गशलदेवी र रत्नजित तामाङ दिदी–भाइ आफ्नो उपाधि जोगाउन समेत सफल भएका छन् । सेनाले पुरुष एकल तथा जोडी, महिला एकल तथा जोडी, ब्वाइज यु–१७, गल्र्स यु–१७ र यु–१५ एकलमा जित हात पारेको हो । ९ विधा मध्ये २ विधा ब्वाइज यु–१५ एकल र भेट्रान्स ४५ माथिको विधामा मात्र सेना पछाडि परेको थियो ।

नेपाल खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलमा सेनाका साविक विजेता रत्नजित तामाङ्गले सेनाकै नविन श्रेष्ठलाई २३÷२१ र २१÷१७ ले पराजित गर्दै उपाधि रक्षा गरेका हुन् । यस्तै महिला एकल तर्फ पनि साविक विजेता नेपाली सेनाकी नङ्गशलदेवी तामाङ्गले आफ्नै क्लबकी अमिता गिरीलाई २१÷१४, १९÷२१ र २१÷८ को जित हात पार्दै उपाधी रक्षा गरिन् । विजेताले नगद ५० हजार सहित, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । उपविजेताले नगद २५ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै तृतीय स्थान हात पार्ने खेलाडीहरुले नगद १० हजार, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।

सातदोवाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा भएको प्रतियोगिताको पुरुष जोडी तर्फको उपाधि पनि सेनाको पोल्टामा गयो । सेनाका रत्नजित र नविन श्रेष्ठको जोडीले पुलिसका बिष्णु कटुवाल र दिपेश धामीको जोडीमाथि २१÷१७, २१÷१८ को सोझो सेटमा पाखा लगाउन सफल भए ।

खेल सामाग्री निर्माता अन्तराष्ट्रिय संस्था योनेक्सको मुख्य प्रायोजन रहेको प्रतियोगिताको महिला जोडी तर्फ सेनाका नङ्गशल र अनुमाया राईको जोडीले एपिएफकी पुजा श्रेष्ठ र याम कुमारी गुरुङ्गको जोडीलाई २१÷११, १६÷२१ र २१÷१४ ले पराजित गरे ।

यस्तै ब्वाइज यु–१५ एकलमा ललितपुरका पेम्बा शेर्पाले कञ्चनपुरका गोकुल जोरालाई २१÷२३, २१÷१६ र २१÷१५ले, ब्वाईज यु–१७ मा सेनाका प्रफुल महर्जनले सेनाकै पविन लिङ्गथेपलाई २१÷९, २१÷१६ले पराजित गर्दै उपाधी हात पारे । गल्र्स यु–१५ र १७ एकल दुवैमा सेनाकी रसिला महर्जनले जित हात पारिन् । उनले यु–१५ मा जेष्ट ब्याडमिन्टन एकेडेमीकी रञ्जना भट्टलाई २१÷१२, २१÷१७ ले तथा यु–१७ मा बिराट ब्याडमिन्टन क्लबकी सिमा राजवंशीलाई २१÷१०, २१÷६ ले पराजित गर्दै प्रथम स्थान हात पारिन् ।

विजयी पहिलो, दोश्रो र तेश्रो हुनेले नगद १० हजार, ७ हजार र ४ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिताको भेट्रान्स ४५ बर्ष माथिको प्रतिस्पर्धामा अन्नपूर्ण ब्याडमिन्टन क्लबका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडीले पुलिसका प्रेम चन्द र गणेश चन्दको जोडीलाई गल्र्स १५ एकलमा सेनाकी रसिला महर्जनले जेष्ठ ब्याडमिन्टन एकेडेमीका रञ्जना भट्टलाई २१÷१०, २१÷१२ को सेटमा पराजित गर्दै जित आत्मसात् गरे । विजयी खेलाडीहरुले खेल सामाग्री प्राप्त गरे ।

कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको संझनामा २०६६ सालमा ¥याङ्किङ्ग प्रतियोगिताको रुपमा सुरु भएको प्रतियोगिता छैटौं संस्करणमा आइपुग्दा खुला प्रतियोगिताको रूपमा संचालन हुनुका साथै यसै प्रतियोगिताबाट अन्तराष्ट्रिय संस्थालाई प्रायोजकको रूपमा पाएको छ । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको अर्को संस्करण मोफसलमा आयोजना गरिने नेपाल ब्याडमिन्टन संघका महासचिव एवं राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी गराए । मोफसलमा पनि ब्याडमिन्टन खेलको विकास र विस्तारमा यस खेलले महत्वपूर्ण योगदान गर्ने विश्वासका साथ अर्को संस्करण देखि मोफसलमा यस खेललाई आयोजना गरिने अध्यक्ष श्रेष्ठले बताए ।

Skip This
Skip This
Logo