विमलको एक गोल नै काफी

विमलको एक गोल नै काफी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । २७ असार, काठमाडौं ।

२३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल खेलमा आज नेपालले बंगलादेशलाई १–० ले हराएको छ । नेपाली टोलीका कप्तान स्ट्राइकर बिमल घर्तीमगरले २० औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको उक्त मैत्रीपूर्ण खेलमा अन्जन विष्टको सटिक पासलाई बिमलले जाली चुमाएका थिए ।

संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु–२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीको यो अभ्यास खेल हो । नेपालले शनिबार आयोजक युएईसँग खेल्नेछ । नेपाल “डी” समूहमा रहेको छ ।

 

Skip This
Skip This
Logo