केन्द्रबिन्दु संवाददाता । २६ असार, काठमाडौं ।
श्रीलंका विरुद्धको अन्तिम एकदिवसीय म्याच ३ विकेटले जित्दै जिम्बावेले श्रीलंका विरुद्धको एकदिवसीय क्रिकेट शृंखला ३-२ ले जितेको छ ।
जिम्बावेका लागि यो ऐतिहासिक जित हो । उसले पहिलो पटक श्रीलंकाविरुद्धको एकदिवसीय शृंखला जितेको हो भने आठ वर्षपछि मात्र यो उसको पहिलो अवे सिरिज जित हो ।
हम्बनटोटामा श्रीलंकाले प्रस्तुत गरेको २०४ रनको लक्ष्य जिम्बावेले ३८.१ ओभरमा ७ विकेट गुमाएर हासिल गरेको थियो ।
जिम्बावेको सुरुवात राम्रो थियो । हृयामिल्टन मासाकाड्जा र सोलोमन मियरले पहिलो विकेटका लागि ९० रनको साझेदारी गरे । मियर ४३ रनमा आउट भए । हामिल्टनले टारिसाई मुसाकान्डासँग ४५ रनको साझेदारी गरे । ७३ रन बनाएर उनी आउट भएपछि भने जिम्बावेको पारी धर्मराएको थियो ।
थप ३७ रन जोड्दा जिम्बावेले ७ विकेट गुमायो । तर, सिकन्दर राजा क्रिजमा टिकिरहे र गि्रम क्रेमरसँग मिलेर टोलीलाई जिताइछाडे ।
श्रीलंकाका अकिला दानानजयाले ४ र लासिथ मालिंगाले २ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाएको थियो । उसको सुरुवात खराब थियो । श्रीलंकाले ३१ रन जोड्दा ३ जिकेट गुमाइसकेको थियो ।
तर, दानुष्का गुनाथिलकाले पारी सम्हाले । उनले चौथो विकेटका लागि एन्जेलो म्याथ्युजसँग ४७ रनको साझेदारी गरे भने पाँचौ विकेटका लागि एलासा गुणाराष्टसँग ४१ रनको । उनले ५२ रन बनाए भने म्याथ्युजको नाममा २४ रन रहृयो ।
५९ रन बनाएका एलासा गुणाराष्टले आठौं विकेटका लागि अकिला धनन्जयसँग २७ रन र नवौं विकेटका लागि दुश्मंथा चमेरासँग अविजित ५० रनको साझेदारी गर्दै टीमको स्कोर २०० कटाए ।
जिम्बावेका सिकन्दर राजाले ३ र गि्रम क्रेमरले २ विकेट लिए ।





























प्रतिक्रिया