केन्द्रबिन्दु डेस्क । २२ असार काठमाडौं ।
पोर्चुगिज् फुटबलर क्रिष्टियानो रोनाल्डोले परिवार र साथीहरुसंग विदा मनाइरहने क्रममा आफ्नो नया“ जुम्ल्याहा सन्तानलाई सार्वजनिक गरेका छन् ।
रोनाल्डोले सरोगेट मदर (भाडाको कोख) मार्फत् पहिले पनि एक छोरा जन्माइसकेका छन् । यसपटक पनि रोनाल्डोले सरोगेट मदरकै सहायतामा जुम्ल्याहा सन्तान जन्माएका हुन् । रोनाल्डोले आफ्नो १ करोड ५० लाख फलोअर भएको इन्ष्टाग्राम मार्फत् पहिलो पटक जुम्ल्याहा सन्तानलाई सार्वजनिक गरेका हुन् । रोनाल्डोले आफ्नो जेठो छोरोलाई एउटा बच्चा बोकाएर र आफुले अर्को बोकेर फोटो खिचाएका थिए । रोनाल्डोले यसपटक जन्मिएका सन्तानमा छोराको नाम माटिओ र छोरीको नाम इभा राखेका छन् । यसअघि जन्मिएको छोराको नाम उनले क्रिष्टियानो रोनाल्डो जुनियर राखेका थिए ।
‘ब्लेस्ड’ लेखेर पोष्ट गरेको फोटोलाई केही समयमै लाखौं ब्यक्तिहरुले लाईक गरेका थिए । रियल म्याड्रिडवाट प्रोफेसनल फुटबल खेलिरहेका रोनाल्डोले मोडल इरिना सायकसंग प्रेम भएको बेलामा सरोगेट मदरको सहयोगमा पहिलो सन्तान जन्माएका थिए । अहिले रोनाल्डोको प्रेम जोरजिना रोड्रीगुएजसंग रहेको छ । यो बेलामा पनि रोनाल्डोले सरोगेट मदरकै सहयोगमा जुम्ल्याहा सन्तान जन्माएका हुन् ।
पछिल्लो पटक आएको समाचार अनुसार रोनाल्डो मार्फत् प्रेमीका जोरजिना पनि गर्भवती भएको बताइन्छ । रोनाल्डोले आफ्नो सोसल मिडियामा जोरजिना पनि गर्भवती भएको तस्विरहरु सार्वजनिक गरिरहेका छन् ।































प्रतिक्रिया