मदानीलाई करातेको सम्मान

मदानीलाई करातेको सम्मान

केन्द्रबिन्दु
0
Shares

नेपाल कराते महासंघले विश्व कराते महासंघ (डब्लुकेएफ) रेफ्री काउन्सिलकी सह–सचिव सिहान फरिबा मदानीलाई मंगलबार सम्मान गरेको छ ।

त्रिपुरेश्वरस्थित कराते महासंघकै कार्यालयमा महासंघका अध्यक्ष दावा गुरुङले मदानीलाई बुद्धको मुर्ती उपहार प्रदान गरी सम्मान गरे । त्यसअघि मदानीलाई महासंघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले मदानीलाई स्वागत गरेका थिए ।

मदानी अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ नेपाल (आईएमए) ले आयोजना गरेको रेफ्री सेमिनार सञ्चालन गर्नुका साथै आईएमएकै आयोजनामा भएको दोश्रो आईएमए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको अवलोकन गर्न जेठ २५ गते नेपाल आएकी थिइन् । सेमिनार जेठ २६ गते र प्रतियोगिता जेठ २७ र २८ गते राजधानीमा भएको थियो । मदानी बुधबार अमेरिका प्रस्थान गर्दैछिन् ।

Logo