केन्द्रबिन्दु डेस्क । "/>

लालीगुराँस अन्तरविद्यालय बास्केटबल जारी

लालीगुराँस अन्तरविद्यालय बास्केटबल जारी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २९ जेठ ।

तेस्रो लालीगुराँस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार जुनियर ब्वायजमा आयोजक लालीगुराँस नेसनल एकेडेमीको ‘ए’ र ‘बी’, सेब, एन्जल्स हर्ट, महामञ्जुश्री र डिफेन्डिङ च्याम्पियन ग्रिनल्यान्डले सफलता पाएका छन् ।

आयोेजक ‘ए’ ले भ्याली पब्लिकलाई २६–१०, आयोजक ‘बी’ ले हिमालयनलाई ११–८, सेबले इनोभेटिभलाई २६–१५, एन्जल्स हर्टले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई २३–१०, महामञ्जुश्रीले हिमरश्मीलाई २५–१२ तथा ग्रिनल्यान्डले हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) लाई २५–२१ ले हराए ।

जितमा आयोजक ‘ए’ का विराज तामाङले १५, आयोजक ‘बी’ का एसकुमार केसीले ५, सेबका रवि शर्माले ९, एन्जल्स हर्टका सागर परियारले ९ र महामञ्जुश्रीका महेश खड्काले १६ अंक योगदान गरे ।

आजै भएका प्रतियोगिताको सिनियर गल्र्स इभेन्टमा हिमालयन एकेडेमी र ईडेन ब्रिज एकेडेमीले जित हात पारेका छन् ।

हिमालयनले काठमाडौं जेभियरलाई १५–९ ले पराजित ग¥यो । हिमालयनकी शिक्षा श्रेष्ठले १० अंक जोडिन् । ईडेनले सिद्धार्थ बनस्थलीलाई १७–११ ले हरायो । ईडेनका लागि सुम्निमा खनालले ६ स्कोर गरिन् ।

सिनियर गल्र्सकै अर्को खेलमा युनिभर्सलले कान्तिपुरलाई १८–१२ ले पन्छायो । युनिर्भसलको जितमा पुनम राईले ६ अंक योगदान गरिन् ।

Skip This
Skip This
Logo