जितसँगै युभेन्टस फाइनल प्रवेश

जितसँगै युभेन्टस फाइनल प्रवेश

केन्द्रबिन्दु
0
Shares

युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलानसँग गोलरहित बराबरी खेले पनि समग्रमा २–१ को जित निकाल्दै युभेन्टसले फाइनलमा स्थान पक्का गरेकाे हाे ।

सेमिफाइनलको पहिलो लेगमा युभेन्टसले इन्टरलाई २–१ ले पराजित गरेको थियो । अब युभेन्टसले उपाधिका लागि नेपोली र एटलान्टाबीचको विजेतासँग २० मेमा प्रतिस्पर्धा गर्नेछ । 

नेपोली र एटलान्टाबीचको सेमिफाइनलको दोस्रो लेग आज राति हुदैछ । 

Logo