सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा ब्वाइज युनियनले नयाँबस्ती युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा ब्वाइज युनियनको जितमा मिलन लिम्बुले ह्याट्रिक गरे । पहिलो हाफमा दुई गोल गरेका मिलनले दोस्रो हाफमा एक गोल गरेका थिए । खेलको २१ औं मिनेटमा मिलनले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा मिलनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्वाइजको अग्रता २–० को बनाए । त्यसपछि खेलको ५७ औं मिनेटमा मिलनले ह्याट्रिक पुरा गर्दै ब्वाइजलाई ३–० को जित दिलाएका थिए ।
जितसँगै ब्वाइजले ८ खेलमा १४ अंक जोडेको छ । ब्वाइज युनियन लिगको चौंथो स्थानमा रहेको छ । नयाँबस्ती ८ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा छ ।





























प्रतिक्रिया