आर्सनलको पुनरागमन जित

आर्सनलको पुनरागमन जित


प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा आर्सनलले लेस्टर सिटीलाई उसकै मैदानमा ३–१ गोलअन्तरले पराजित गरेकाे छ । 

किङ पावर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलकाे छैटौं मिनेटमा युरी टिलेमान्सको गोलबाट लेस्टरले अग्रता लिएको थियो । खेलकाे ३९औं मिनेटमा डेभिड लुइजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफमा इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लाकाजेटले पेनाल्टीमार्फत गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो । ५२औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई ३–१ ले अघि बढाए । 

यो जितसँगै आर्सनल २६ खेलबाट ३७ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ ।

Logo