एट्लेटिको म्याड्रिडको पुनरागमन जित

एट्लेटिको म्याड्रिडको पुनरागमन जित


स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले बिल्वाओमाथि २–१ को जित निकाल्दै शीर्षस्थानमा स्पष्ट अग्रता कायम गरेको छ ।

वान्डा मेट्रोपोलिटानोमा घरेलु टोलीको जितमा मार्काेस लोरेन्टे र लुइस सुआरेजले गोल गर्दा बिल्वाओका इकर मुनिएनको गोल सान्त्वना बन्यो । खेलको २१औं मिनेटमा इकर मुनिएनको गोलबाट बिल्वाओले अग्रता लिएको थियो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मार्काेस लोरेन्टेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५१औं मिनेटमा लुइस सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै एट्लेटिकोलाई २–१ को अग्रता दिलाए । 

एट्लेटिकोको २६ खेलबाट ६२ अंक रहेको छ । समान खेलबाट दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५६ अंक छ । तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको ५४ अंक छ ।

Logo