खेलाडी कल्याणकारी कोषद्वारा खेलाडीलाई आर्थिक सहयोग

खेलाडी कल्याणकारी कोषद्वारा खेलाडीलाई आर्थिक सहयोग

केन्द्रबिन्दु
0
Shares

विभिन्न खेलका घाइते खेलाडीहरुलाई बिहिबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्ले सहयाेग रकम हस्तान्तरण गरेकाे छ ।

परिषद्का सदस्य सचिव एवं राष्ट्रिय खेलाडी कल्याणकारी कोषका अध्यक्ष रमेशकुमार सिलवालले कोषबाट प्रदान गरिएको रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग प्राप्त गर्ने खेलाडीहरुमा बिष्णा बिष्ट (ब्याडमिन्टन), नरबहादुर चन्द (हक्की) र रामेश्वरी महतो (एथलेटिक्स) रहेका छन् । बिष्णाले नगद १ लाख, नरबहादुरले ५० हजार र रामेश्वरीले ५० हजार प्राप्त गरेका छन् । 

बिष्णाको खेलको क्रममा घुँडामा चोट लागि अपरेशन गरिएको थियो । यस्तै नरबहादुरको टाउकोमा समस्या रहेको र रामेश्वरीको थाईराईड क्यान्सर रहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । 

राष्ट्रिय खेलाडीहरुलाई आर्थिक सहयोग पु¥याउने उद्धेश्यले राष्ट्रिय खेलाडी कल्याणकारी कोष स्थापना गरिएको छ । कोषको अध्यक्षमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव र कोषको सदस्य सचिवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष रहने व्यवस्था गरिएको छ । कल्याणकारी कोषले कम्तिमा राष्ट्रिय खेलाडी भएको प्रमाणित प्रमाणपत्र प्राप्त राष्ट्रिय खेलाडीहरुलाई आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ ।

यस वर्ष २०७७ सालमा कल्याणकारी कोषबाट आर्थिक सहयोग प्राप्त गर्ने खेलाडीहरुमा प्रतिभा माली (भलिबल) २ लाख, सविता खड्का (बास्केटबल) १ लाख २५ हजार, मनिषा बिष्ट (कबड्डी) ७५ हजार, स्व. रविन कुमार राई (एथलेटिक्स) १ लाख, पृथ्वी आलोक (जुडो) १ लाख र सीता राई (ब्याडमिन्टन) १ लाख २५ हजार रहेका छन् ।

Skip This
Skip This
Logo