नेपालमा आयोजना हुने त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि बंगलादेशको टोली नेपाल आइपुगेका छन् । बंगलादेशको ४० सदस्यीय टोली बिहीबार नेपाल आइपुगेको हो । बंगलादेशको टोलीलाई सोल्टी होटलमा राखिएको छ ।
बंगलादेशी टोलीलाई एन्फाका सदस्य शिक्षित पराजुली, रुपेश अधिकारी लगायतले स्वागत गरेका थिए । दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । नेपाल र किर्गिस्तान बीचको खेल चैत १२ गते हुनेछ । किर्गिस्तानको यू–२३ टिम हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्नेछन् । उद्घाटन खेल चैत १० हुनेछ ।
यस्तै चैत १४ गते दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल चैत १६ गते हुनेछ । प्रतियोगितामा कुल ४ खेल हुनेछन् ।





























प्रतिक्रिया