नेपालमा आयोजना हुने त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपाली टिमको कप्तानी गोलकिपर किरण चम्जोङले गर्ने भएका छन् । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले प्रतियोगितामा नेपालको कप्तानी किरणले गर्ने बताएका छन् ।
सोमबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक महर्जनले टिमको कप्तानी किरणले गर्ने जानकारी गराएका हुन् । यस्तै टिमको उपकप्तानमा रोहित चन्द रहेको छ । त्रिदेशीय खेल खेल्न किरण आजै भारतबाट स्वदेश आउदैछ । किरण भारतमा व्यावसायिक फुटबल खेलिरहेका छन् । राष्ट्रिय टिमका नियमित गोलकिपर समेत रहेका किरण भारतको शीर्ष डिभिजन लिग आईलिग खेलिरहेका छन् । उनले सो लिग पन्जाबबाट खेलिरहेका छन् ।
यस्तै नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि प्रयास गर्ने बताएका छन् ।
दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् । प्रतियोगिताका लागि किर्गिस्तान र बंगलादेशको टिम नेपाल आइसकेका छन् ।
भोलि (मंगलबार) हुने उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । चैत १२ गते नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्नेछ । किर्गिस्तानको यू–२३ टिम हुनेछ । यस्तै चैत १४ गते दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।





























प्रतिक्रिया