त्रिदेशिय फुटबल हेर्न दर्शकलाई मास्क अनिवार्य

त्रिदेशिय फुटबल हेर्न दर्शकलाई मास्क अनिवार्य

केन्द्रबिन्दु
0
Shares

मंगलबार अर्थात आजबाट सुरु हुने त्रिदेशिय फुटबल प्रतियोगिता हेर्न मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार विज्ञप्ती जारी गर्दै त्रिदेशिय फुटबल हेर्न दर्शकलाई मास्क र सेनिटाइजर अनिवार्य गरेको हो ।

कोरोना भाइरसको महामारीको खतरा देखिएको उल्लेख गर्दै स्वास्थ्य सुरक्षा मापदण्डअनुसार मास्क र सेनिटाइजर अनिवार्य गरिएको एन्फाले जनाएको छ । प्रवक्ता किरण राईका अनुसार दर्शकका लागि तापक्रम नाप्ने, सेनिटाइजर अनिवार्य लगाउनुपर्ने, भौतिक तथा सामाजिक दुरी कायम गर्ने र मास्क अनिवार्य प्रयोग गर्ने सहितका मापदण्ड अनिवार्य गरेको छ ।

कोरोनाका कारण अन्तराष्ट्रिय फुटबलको गतिविधि शून्य रहेको अवस्थामा एन्फाले त्रिदेशिय प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपाल सहित बंगलादेश र किर्गिस्तान सहभागी छन् । विश्वकप छनोट अन्तर्गत अष्ट्रेलिया विरुद्धको घरेलु खेल स्थगित बनेपछि एन्फाले विदेशी टोली बोलाएर त्रिदेशिय प्रतियोगिताको आयोजना गरेको हो । पहिलो खेलमा मंगलबार साँझ साढे ५ बजे बंगलादेश र किर्गिस्तान भिड्ने छन् ।

Skip This
Skip This
Logo