त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको उपाधिका लागि नेपाल र बंगलादेशबीच आज खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे खेल सुरु हुने भएको छ।
यसअघि लिग चरणको खेलमा नेपाल र बंगलादेशबीच गोलरहित बराबरी भएको थियो। नेपाल र बंगलादेशबीच हालसम्म २३ पटक प्रतिस्पर्धा भएको छ। जसमा बंगलादेशले १३ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । ४ खेल बराबरीमा सकिएको छ ।
उपाधि भिडन्तमा भने नेपाल तेस्रो पटक बंगलादेशसँग भिड्दै छ । सागमै नेपालले एक खेल जित्दा एक खेल हारेको छ। सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो ।





























प्रतिक्रिया