पहिलो हाफ सकिंदा नेपाललाई २ गोलको अग्रता

पहिलो हाफ सकिंदा नेपाललाई २ गोलको अग्रता

केन्द्रबिन्दु
0
Shares

दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच भइरहेको त्रिदेशीय फुटबलको फाइनल खेलमा नेपालले दोस्रो गोल गरेको छ। खेलको ४१ ‌औं मिनेटमा नेपालका विशाल राईले गोल गरेका हुन् । 

दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले १८औं मिनेटमा संजोग राईले पहिलो गोल गरेका थिए। पहिलो हाफ सकिंदा नेपाल २ र बंगलादेश शुन्य गोलको अबस्थामा छ । 

थ्रीनेशन्स कप अन्तर्गत यस अघि भएका दुवै खेलमा नेपालले किर्गिस्तान र बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो।किर्गिस्तानले आत्मघाती गोल गरेर बंगलादेशसँग अंक गुमाएपछि किर्गिस्तान खेलबाट आउट भएको थियो । 

दुवै टिमसँग बराबरी गरेको नेपालले फाइनलमा ठाउँ बनाएको थियो । खेल जारी छ । 

Logo