बंगलादेशले एक गोल फर्कायो

बंगलादेशले एक गोल फर्कायो

केन्द्रबिन्दु
0
Shares

दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच भइरहेको त्रिदेशीय फुटबलको फाइनल खेलमा बंगलादेशले एक गोल फर्काएको छ । बंगलादेशले खेलको ८२ औं मिनेटमा एक गोल गर्दै गोलअन्तर घटाएको हो ।

यस अघि नेपालले बंगलादेशविरुद्ध २ गोल गरेको थियो। खेलको ४१ ‌औं मिनेटमा नेपालका विशाल राईले दोस्रो गोल गरेका थिए। 

दशरथ रंगशालामा भइरहेको खेलमा नेपालका संजोग राईले १८औं मिनेटमा पहिलो गोल गरेका थिए। पहिलो हाफ सकिंदा नेपाल २ र बंगलादेश शुन्य गोलको अबस्थामा थियो । 

थ्रीनेशन्स कप अन्तर्गत यस अघि भएका दुवै खेलमा नेपालले किर्गिस्तान र बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो।किर्गिस्तानले आत्मघाती गोल गरेर बंगलादेशसँग अंक गुमाएपछि किर्गिस्तान खेलबाट आउट भएको थियो । 

दुवै टिमसँग बराबरी गरेको नेपालले फाइनलमा ठाउँ बनाएको थियो । खेल जारी छ । 

Logo