त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही एक लाख पुरस्कार दिने घोषणा गरेको छ। एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो। 

दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। नेपालका लागि सन्जोक राई र विशाल राईले एक, एक गोल गरेका थिए। 

बङ्गलादेशका लागि सान्त्वना गोल महबुबुर रहमानले गरेका थिए। नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो। विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्यो भने उपविजेता बङ्गलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ।

Logo