फिफा विश्वकप छनोटअन्तर्गत युरोपियन छनोटमा स्पेनले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा स्पेनले कोसोभोलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा खेलको ४३ औं मिनेटमा डानिल ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । खेलको ३६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दा स्पेनको अग्रता २-० को बन्यो ।
खेलको ७० औं मिनेटमा कोसोभोका बेसार हालिमीले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ७५ औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै स्पेनलाई ३-१ को जित दिलाए ।































प्रतिक्रिया