आईसीसीका प्रतियोगिताहरुमा २२ खेलाडी राख्न पाईने

आईसीसीका प्रतियोगिताहरुमा २२ खेलाडी राख्न पाईने

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ठूला प्रतियोगितामा अब हरेक टिमले २२ खेलाडी राख्न पाउने भएका छन्। आईसीसीको बोर्ड बैठकले आउने ठूला प्रतियोगितामा टिममा २२ खेलाडी राख्न दिने निर्णय गरेको छ।

कोरोना भाइरसलाई मध्यनजर गर्दै आईसीसीले टिममा थप ७ खेलाडी राख्न दिने निर्णय गरेको हो। यस अघि एक टिममा १५ खेलाडी मात्र राख्न पाइने नियम रहेको थियो। आईसीसीको अनुमतिसँगै अब आईसीसीको प्रतियोगितामा ३० सदस्सीय टिम हुनेछन् । जसमा ८ स्टाफ हुनेछन् ।

आईसीसीले गत वर्ष २३ सदस्सीय टिमलाई अनुमति दिएको थियो। यस्तै आईसीसीले सदस्यता राष्ट्रका लागि ५ मिलियन अमेरिकी डलरको कोषसमेत स्थापना गरेको छ।

Skip This
Skip This
Logo