आहा रारा गोल्ड कप आजबाट

आहा रारा गोल्ड कप आजबाट

केन्द्रबिन्दु
0
Shares

आहा रारा गोल्डकप फुटबलको १९ औं संस्करण आजबाट सुरु हुँदैछ ।

मोफसलकै चर्चित राष्ट्रिय फुटबल प्रतियोगिता पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र नेपाल एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

आयोजक र एपीएफबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ । आयोजकले हालसम्म प्रतियोगितामा ३५ खेल खेलेको छ । जसमा २२ खेलमा जित निकाल्दा १३ खेलमा पराजित भएको छ ।

एपीएफ २०६४ सालको उपविजेता टिम हो । प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।

यस संस्करणमा नेपाल आयल निगम मनाङ मस्याङ्ग्दी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्री स्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रूट एसोसिएसन क्यामरुन र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।

गत संस्करणमा मनाङ मस्याङ्ग्दीले नेपाल पुलिस हराएर उपाधि जितेको थियो । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ भने उपबिजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्नेछ ।

Logo