इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिस्टलबीचकको खेल बराबरीमा रोकिएको छ ।
सोमबार राति भएको खेलमा एभर्टनले क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा खेलको ५६ औं मिनेटमा जेम्स रोड्रीगेजले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ८६ औं मिनेटमा मिची बात्सुआईले गोल गर्दै क्रिस्टललाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
बराबरीसँगै एभर्टनले २९ खेलमा ४७ अंक जोडेको छ । एभर्टन लिगको आठौं स्थानमा रहेको छ ।
क्रिस्टल ३० खेलमा ३८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।































प्रतिक्रिया